जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार १५:५३

नेपाल–चीन विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु, यस्ता छन दुवै देशका मुख्य एजेण्डा


काठमाडौं, भदौ २३ । नेपाल र चीनविच विदेशमन्त्रीस्तरीय सयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । राजाधानीको याक एण्ड यति होटलमा सुरु भएको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाली समकक्षी प्रदीप ज्ञवालीले स्वागत गर्नुभएको छ ।

करिव एक घण्टा चल्ने बैठकमा शिक्षा र अर्थ विषयक समझदारी पत्र हस्ताक्षर हुने बताइएको छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायत सहभागी हुनुभएको छ । बैठक पछि परराष्ट्रमन्त्रालयले बैठकको उपलब्धी बारे जानकारी दिने बताएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुग्नु भएको हो । विदेशमन्त्री यीले संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैहुनुहुन्छ ।