जनता टाइम्स

२३ भाद्र २०७६, सोमबार १९:२८

पूर्वसांसद नै यौन दुर्व्यवहारको आरोपमा सार्वजनिक बसबाटै पक्राउ


ललितपुर, भदौ २३ । सार्वजनिक सवारीमा यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद नै पक्राउ परेका छन । ललितपुरका पूर्वसांसद योगेन्द्र घिसिङलाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख टेकबहादुर राईका अनुसार घिसिङलाई आज दिउँसो २ बजेतिर पक्राउ गरिएको हो । रत्नपार्कबाट भैसेपाटी जाने बसमा चढेका पूर्वसांसद घिसिङले कलेज पढ्ने एक युवतीलाई दुव्र्यवहार गरेको आरोप छ ।

‘घिसिङले दुव्र्यवहार गरेपछि युवतीले प्रतिकार गर्न खोजेको थाहा भयो । बसका अन्य यात्रुले साथ दिएछन् । उनीहरुले बसबाटै प्रहरीलाई खबर गरेका थिए,’ राईले भन्नुभयो । घिसिङलाई अभद्र व्यवहार गरेकोमा मुद्दा चलाइएको प्रहरीले बताएको छ ।