काठमाडौ, भदौ ३० । गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको तालिमप्राप्त कुकुरले हत्यामा संलग्न व्यक्ति भक्तपुरतिर भागेको संकेत गरेको छ।
प्रहरी स्रोतका अनुसार घटनास्थलमा पुर्याइएको कुकुर सुँघ्दै जडीबुटीसम्म पुगेपछि अल्मलिएको छ । जडिबुटी पुगेपछि कुकुर अल्मलिएको कारण अपराधी भक्तपुरतिर भागेको आशंका प्रहरीले गरेको हो ।
गैह्रीगाउँस्थित काठ मिलमा शुक्रबार राति दोलखा सुनखानीका स्थायी बासिन्दा रहेका एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको थियो। दोलखाका कुमार भुजेलसहित चार जनाको हत्या भएको हो ।
दिब्य काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उहाँकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको थियो । घटनाबारे प्रहरीलाई खबर गरेका व्यक्ति दिपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । दीपेन्द्र सोही काठमिलमा बस्दै आएका थिए।













प्रतिक्रिया दिनुहोस्