जनता टाइम्स

३० भाद्र २०८०, शनिबार १५:४१

एमाले अध्यक्ष ओलीको घोषणा : अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु


काठमाडौं, भदौ ३० । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू राजनीतिमा सक्रिय रहने बताउनुभएको छ । शनिबार बासँग बालबालिका कार्यक्रममा बोल्दै ओलीले अझै २० वर्षसम्म आफू राजनीतिमा सक्रिय रहने बताउनुभएको हो ।

उहाँले आफू सक्रिय रहँदारहँदै योग्य व्यक्ति आए पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गर्नुभयो । ‘म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन। आफू सक्रिय रहेकै वेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु’, उहाँले भन्नुभयो ।

उहाँले सरकारले हिंसात्मक घटनालाई प्रोत्साहन गरिरहेको समेत बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकमाथि कुटपिट गर्नेलाई सरकारले संरक्षण गरेको भन्दै अहिलेको सरकार शासक बनेको समेत आरोप लगाउनुभयो ।