सल्यान, असोज ८ । सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन ।
रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो। जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।
मृतक दुबै जना पुरुष हुन्। दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ।
प्रतिक्रिया दिनुहोस्