काठमाडौं, असोज १२ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको हो ।
प्रदेश अध्यक्षमा पूर्वसांसद कृष्णप्रसाद दाहाल र बागमतीका पूर्व अर्थमन्त्री कैलाश ढुंगेल उम्मेदवार हुनुहुन्छ । यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जना उम्मेदवार छन् ।
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला उम्मेदवार हुनुहुन्छ । यस्तै सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि निर्वाचन गरिएको हो ।
एमालेको बागमती प्रदेश अधिवेशन असोज ८ गतेदेखि सुरु भएको थियो । मतदान सुरु गर्ने भाका सरेको सर्यै गर्दा कार्यकर्ताहरु पार्टी कार्यालय परिसरमा अलपत्र परेका थिए । कार्यकर्ताले सहमतिको नाममा बन्दी बनाउने काम नगर्न भन्दै नेतृत्वलाई खवरदारी गरेपछि आज चुनाव भएको हो ।
प्रतिक्रिया दिनुहोस्