काठमाडौं, असोज १३ । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित हुनुभएको छ ।
शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुनुहुन्छ ।
उहाँका निकटम प्रतिस्पर्धी मकवानपुरका कृष्ण दाहालले ४३९ मत प्राप्त गर्नुभएको छ । यस्तै निर्वाचनमा चितवनका दावादोर्जे लामा उपाध्यक्षमा विजयी हुनुभएको छ । लामाले ६१५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी सचिवमा ललितपुरका नवराज सिलवाल विजयी हुनुभएको छ । सचिवमा सिलवाल एक मतले विजयी हुनुभएको छ । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो । यस्तै उपसचिवमा प्रेमकुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मतसहित बिजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्