जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १२:१९

एमाले कर्णाली अधिवेशन : निर्वाचन सकिएको १६ घण्टापछि मतगणना सुरु


सूर्खेत, असोज १५ नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको

वीरेन्द्रनगरमा भएको एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो

आज बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने भनिए तयारी नपुगेका कारण केही घण्टा ढिलो सुरु गरिएको हो

नेतृत्व चयनका लागि आइतबार दिउँसो बजेखि राति बजेसम्म मतदान भएको थियो ६०९ जना मतदानमा सहभागी भएका थिए

प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामारहनुभएको ।शाह शाही प्यानल नै बनाएर चुनावी मैदानमा उत्रनु भएको थियो