जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १६:३३

एमाले कर्णाली अधिवेशन : अध्यक्षमा गुवालजंग शाहको झण्डै दोब्बर अग्रता (सूचीसहित)


सर्खेत, असोज १५ । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पोलिटव्युरो सदस्य गुलावजंग शाहले झण्डै दोब्बर अग्रता लिनुभएको छ ।

जारी मतगणनामा शाहले २१२ मतसहित आफ्नो अग्रता बढाउनु भएको हो । उहाासँग प्रतिस्पर्धा गर्नुभएका अध्यक्षका अर्का उम्मेरदवार मिनबहादुर शाहीले ६५ मत ल्याउनुभएको छ ।

यस्तै उपाध्यक्षमा टेकराज पछाईले १०८ मत ल्याउनु भएको छ भने लालबादुर महतारले ५९ मत प्राप्त गर्नुभएको छ । सचिवमा शाह प्यानलकै सुर्खेतका ध्रुवकुमार शाहीले १३१ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी दैलेखका रुद्रबहादुर शाहीले ५१ मत ल्याउनु भएको छ ।