जनता टाइम्स

१८ आश्विन २०८०, बिहीबार ११:००

एमाले गण्डकी अधिवेशन : नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा, १२ बजेदेखि मतदान


पोखरा, असोज १८ । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुनेभएको छ ।

निर्वाचन मण्डलले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

यस्तै मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । यस्तै उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि रहेका छन । सहमति हुन नसकेपछि निर्वाचन कार्यक्रम अघि बढाइएको र आज बिहान ११ः५५ बजेदेखि मतदान सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।