सुर्खेत, २० असोज । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्वनमा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरमा मृत भेटिनुभएको छ । ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला पर्नुभएको हो । परिवारले गणेशी असोज १५ गते बेलुका घरबाटै हराएको भनेर बताउँदै आएको थियो । चार दिनसम्म सम्पर्कमा नआएपछि गाउँलेले उहाँको खोजी थालेका थिए ।
बिहीबार गाउँले मृतकको घरमा जम्मा भएको वेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारीभित्र शव भेटिए पछि प्रहरीलाई स्थानीयले बखर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको श्रेष्ठले बताउनुभयो । शव पोष्टमार्टममा लागि सल्यान जिल्ला अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्