जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १३:११

युरोप भ्रमण सकेर दुबई पुगेका आरके शर्मालाई भव्य स्वागत


दुबई, २० भदौं । युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइ पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्मालाई दुबईमा भव्य स्वागत भएको छ । गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्कनुभएको थियो ।

युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुग्नुभएको हो । दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गर्नुभएको हो ।

अध्यक्षको उम्मेदवारीका आफ्नो समर्थन जुटाउन तथा विश्वका गैर आवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले यस पटक ४० वटा देशको भ्रमण गर्नुभएको छ । असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदैछ । काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नुहुनेछ ।