दाङ, २० असोज । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । बसमा करिब १६ यात्रु सवार थिए ।













प्रतिक्रिया दिनुहोस्