जनता टाइम्स

२२ आश्विन २०८०, सोमबार १९:२०

आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक पक्राउ


काठमाडौं, २२ असोज । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा. टोक राज पाण्डेले जानकारी दिनुभयो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उहाँको भनाइ छ ।