जनता टाइम्स

२४ आश्विन २०८०, बुधबार ०९:०४

काठमाडौँस्थित बागमती नदी किनारमा युवक मृत भेटिए, घटनास्थल पुगेर अनुसन्धान गर्दै प्रहरी


काठमाडौं, असोज २४ ।  काठमाडौँको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा युवक मृत भेटिएका छन्। प्रहरीका अनुसार बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन्। प्रहरी वृत्त बानेश्वरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।  विस्तृत विवरण आउन बाँकी छ।