बारा, असोज २६ । जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर एवं एमाले नेता कृष्ण पौडेलको मृत्यु रहस्ष्मय देखिएको प्रहरीले बताएको छ । पूर्वमेयर पौडेल बिहीवार घरमै मृत अवस्थामा फेला पर्नुभएको थियो ।
पूर्वमेयर पौडेल बिहिवार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेको र मृत्युको कारण खुलि नसकेकोप्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पुर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताउनु भयो । उहाँका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्