काठमाडौं, १२ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ। सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो। मधेश प्र।०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा गम्भीर घाईते भएका राईनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिनुभयो ।
साँढेको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

प्रतिक्रिया दिनुहोस्