काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गर्नुभयो ।
‘गठबन्धन पनि विस्तारै ४/५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री छु । बेला–बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु । त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्