विराटनगर, असोज २७ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सवै सांसदहरु सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन ।
कार्कीको पक्षमा सनाखत गर्न कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन । सांसदहरु बिहान ८ बजेबाट नै भेला भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा अहिले प्रदेशसभा सदस्यसँगै कांग्रेसका डा. शेखर कोइराला समूहका नेता डा. सुनिल शर्मालगायत एमालेका प्रदेशस्तरका नेताहरु पनि उपस्थित हुनुभएको छ ।
प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले सांसदहरुको सनाखत गर्नका लागि बिहान ८ बजेदेखि २ बजेसम्मको समय तोक्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्