जनता टाइम्स

२८ आश्विन २०८०, आईतवार १८:१४

मुसिकोटमा अटो दुर्घटना हुँदा सात जना घाइते


रुकुमपश्चिम, २८ असोज । रुकुमपश्चिमको मुसिकोट नगरपालिका३ मा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ खलङ्गाबाट मुसीकोट नगरपालिका–१३ छिवाङतर्फ जाँदै गरेको रा१ह ६९५२ नम्बरको अटो दुर्घटना भएको हो ।

दुर्घटनामा भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका–१ का ५० वर्षीय एक्क बहादुर बुढा र २८ वर्षीय राम बहादुर ददेल, मुसिकोट नगरपालिका–५ का ४८ वर्षीय चन्द्र बहादुर बोहरा, मुसिकोट नगरपालिका–१४ का विशाल विष्ट र कपिल विष्ट र रुकुम पूर्वको भूमे गाउँपालिका–५ का दिलीप बिक रहनुभएको छ ।

घाइते मध्य विज्ञ सदस्य विष्टको आँखा, टाउको र घुँडामा चोट लागेको छ । उहाँ र उहाँका भाइ कपिल विष्टलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।