काठमाडौं, असोज ३० । गैरआवासीय नेपाली संघ एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउनु भएको छ ।
सरकारले गैरआवासीय नेपाली नागरकिता प्रदान गरेपछि अध्यक्ष केसीले यस्तो बताउनु भएको हो । ‘नागरिकता पेपर मात्र होइन, यो अभिभारा पनि हो । अभिभारा काँधमा थपिएको छ,’ केसीले भन्नुभयो, ‘विदेशमा बस्ने नेपालीले समृद्ध नेपालमा योगदान पुर्याउनु पर्ने छ ।’
अध्यक्ष केसीले यो नागरिकतालाई पूर्ण अधिकारसहित निरन्तरता दिन मागसमेत गर्नुभएको छ । उहाँले आफूहरुको मागलाई सरकारले पूरा गरेकोमा धन्यवादसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्