जनता टाइम्स

३ कार्तिक २०८०, शुक्रबार ११:५१

काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला


काठमाडौं, ३ कातिक । काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ।

तर उनीहरुको पहिचान भने खुलेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले न्युरोड क्षेत्रमा भरियाको काम गर्ने २ जना मृत फेला परेको जानकारी दिनुभयो । उनीहरुको मृत्यु कारण खुल्न नसकेको एसपी ढुंगेलको भनाइ छ। घटनाका सन्दर्भमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।