काठमाडौं, कात्तिक ८ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कनुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कनु भएको हो ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेको बेला हृदयाघात भएपछि श्रेष्ठ चीनको राजधानी बेइजिङमा उपचार गराएर स्वदेश फर्कनु भएको हो । अक्टोबर १७ र १८ बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएपछि श्रेष्ठलाई हृदयाघात भएको थियो ।
श्रेष्ठका बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा उपचार गरिएको थियो । पाँच दिनसम्म उपचारपछि श्रेष्ठ निको भएर स्वदेश फर्कनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्