जनता टाइम्स

१० कार्तिक २०८०, शुक्रबार १८:१०

रास्वपाका नेताले कुटे ड्यूटीमा खटिएका प्रहरी, स्थानीयले समातेर बुझाएपछि छाडन रवि लामिछानेको चर्काे दवाव


मकवानपुर, १० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्याट विभागको उपप्रमुख आशिष थापा (बैकुण्ठ)ले ड्युटिमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै हातपात गरेका छन् ।

रवि लामिछाने नेतृत्वको रास्वपाका र्याट उपप्रमुख थापाले थाहा नगरपालिका वडा नं. ९ चित्लाङका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेका हुन । कुटपिट गरेको थाहा पाएपछि स्थानीयवासीले उपप्रमुख थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।

‘रवि लामिछानेको पार्टी (रास्वपा) को र्याट उपप्रमुख आशिष थापाले चेकिङमा रहेका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेको हुन्,’ प्रत्यक्षदर्सीले भने, ‘उक्त अमानवीय तरिकाले राष्ट्रसेवक कर्मचारीलाई हातपात गरेपछि हामीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छौं ।’
थापाल विगतमा मुग्लिन नारायणघाट खण्डमा पर्ने सडक व्यवस्थापनको नाममा अनाधिकृत रुपमा वाकेटके बोकी गैरकानुनी कार्य समेत गरेका थिए ।

थापालाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेपछि शक्ति देखाउँदै रास्वपाका सभापति रवि लामिछानेले छुटाउन दवाव दिनुभएको छ ।