काठमाडौं, कात्तिक ११ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छ्न ।
रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि भट्टराईलाई गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुबेर कडायतले जानकारी दिनुभयो ।
निलम्बनसँगै प्रहरी प्रधान कार्यालयले भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ । डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् ।
भट्टराई २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।
प्रतिक्रिया दिनुहोस्