काठमाडौं, कात्तिक १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा टुंग्याउनु पर्ने बटमलाइन सुनाउनु भएको छ ।
चाडपर्वको अवसरमा पार्टी मुख्यालयमा आयोजित चियापान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनेबारे छलफल भइरहेको बताउनु भयो ।
‘शान्ति प्रक्रियालाई सहमतिको साथ टुंग्याउनु पर्छ । पीडितलाई केन्द्रमा राख्नुपर्छ । सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय समुदाय खास गरी मानवअधिकार काउन्सिलले हामीलाई केही कुरा भनेको छ । ती कुराहरूलाई पनि ध्यान दिनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन अब ढिलाइ गर्न नहुने धारणा समेत अध्यक्ष ओलीले राख्नुभएको छ । एमालेले चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागी हुनुभएको थियो ।
यस्तै नेकपा एकीकृत समावजवादीका सम्माननित नेता झलनाथ खनाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्