राज्यका प्रमुख प्रमुख कार्यालयबाट हुने यस्ता गम्भीर त्रुटी एकातिर शिक्षा लिने विषय हुन भने अर्कोतिर नैतिकताको प्रश्न पनि बन्नुपर्छ
काठमाडौं, कात्तिक १६ । सर्वाेच्च अदालतले योगराज ढकाल उर्फ रिगलको कैद मिनाहा बदर गर्दै सजाय भुक्तानीका लागि पक्राउ गर्न परमादेश जारी गरेसँगै सत्तारुढ दल माओवादीकै नेताले यस प्रकरणमा संलग्नहरुको राजीनामा मागेका छन ।
रिगल प्रकरणमा निर्णयकर्ताहरु तीन निकाय रहेको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुभएको हो । सिधै राजीनामा नमागे पनि न्यौपानेले नैतिकताको प्रश्न पनि बन्नुपर्छ भन्दै राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुभएको हो ।
‘रिगल प्रकरण : प्रस्ताव उठाउने गृह मन्त्रालय, निर्णय गर्ने प्रधानमन्त्रीको कार्यालय र कार्यान्वयन गर्ने राष्ट्रपति कार्यालय । राज्यका प्रमुख प्रमुख कार्यालयबाट हुने यस्ता गम्भीर त्रुटी एकातिर शिक्षा लिने विषय हुन भने अर्कोतिर नैतिकताको प्रश्न पनि बन्नुपर्छ,’ न्यौपानेले भन्नुभएको छ ।
कर्तब्य ज्यान मुद्दामा दोषी ठहर रिगललाई गणतन्त्र दिवसको अवसर पारेर माफी दिइएको थियो । कैद मिनाहपछि रिगल दाङ कारागारबाट फुलमाला र जुलुससहित बाँकेको नेपालगञ्जस्थित आफ्नो निवास पुगेका थिए । सर्वाेच्चले आज रिगलको कैद मिनाह संबिधानबिपरित रहेको ठहर गर्दै बाँकी सजाय भुक्तानका लागि पक्राउ गरी कारागार पठाउन सरकारको नाममा आदेश दिएको छ ।













प्रतिक्रिया दिनुहोस्