जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १५:०८

एमाले पाँचथरको कार्यवाहक अध्यक्षमा सापकोटा, पुस १५ गते जिल्ला अधिवेशन


पाँचथर, कात्तिक १८ । नेकपा एमाले पाँचथर जिल्ला कमिटीले सचिव विष्णुप्रसाद सापकोटालाई कार्यवाहक अध्यक्ष बनाएको छ । जिल्ला कमिटी पाँचथरको बैठकले सापकोटालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको हो ।

जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी कोशी प्रदेश कमिटी सचिव तथा उपाध्यक्षद्वय भुवानीप्रसाद लिङ्देन र धनकुमार फियाक प्रदेश कमिटी सदस्यमा निर्वाचित भएपछि सचिव सापकोटाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।

जिल्ला सचिवालय सदस्य तुलसी थापाबम अनुसार उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा सम्पन्न बैठकले पुस १५ र १६ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।