काठमाडौं, कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, जर्मनी र इटाली भ्रमण स्थगित गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले युरोप उडनुभन्दा दुई दिनअघि आफ्नो भ्रमण स्थगित गर्नुभएको हो । उहाँ तीन देशको भ्रमणका लागि कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम रहेको थियो । मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको छ ।
मुलुकको पछिल्लो बिपदको कारण राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।जाजरकोट केन्द्र भएर गत शुक्रबार भूकम्प गएको र ठूलो जनधनको क्षति भएको कारण यस्तो बेला विदेश भ्रमणमा नजान राष्ट्रपतिलाई आग्रह हुँदै आएको थियो । सोही कारण राष्ट्रपतिले भ्रमण स्थगित गर्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्