जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार ०९:३५

दक्षिण अफ्रिका ५ विकेटले विजयी हुदा अफगानिस्तान विश्वकपबाट बाहिरियो


काठमाडौँ, २४ कार्तिक । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४७।३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो ।

योसँगै दक्षिण अफ्रिकाले यस विश्वकपमा सातौं जित हासिल गरेको छ । ९ खेलमा १४ अंक हासिल गरेको दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

दक्षिण अफ्रिकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने पनि तय भइसकेको छ ।

त्यस्तै अफगानिस्तान यो हारसँगै विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित हासिल गर्यो भने ५ खेलमा हार बेहोरेको छ ।