जनता टाइम्स

२६ कार्तिक २०८०, आईतवार १३:२०

पूर्वी नवलपरासीको गोरे घुम्तीमा जीप दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते


नवलपरासी, कात्तिक २६ । पूर्बी नवलपरासीमा आज भएको बलेरो दुर्घटनामा ६ जनाको मृत्यू भएको छ । पूर्वी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आज भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा एक जनाको गम्भीर घाइते भएका छन । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले जनाएको छ ।
ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रित भई ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो ।

जिल्लाको अर्खलाबट दलदले आउँदै गरेको बोलेरो जीप बिहान देबचुली नगरपालिकाको वडा नं ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मीटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको हो ।

जीपमा सवार सात मध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।