काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कडेँललाई दिएको छ । सभापति शेरबहादुर देउवाले आज सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गर्नुभएको हो ।
कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोक्नुभएको हो । कडेँल कांग्रेस केन्द्रिय सदस्य हो ।














प्रतिक्रिया दिनुहोस्