स्याङ्जा, ४ मंसिर । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
दुर्घटनामा दाङको दङ्गीशरण गाउँपालिका वडा नम्बर–४ का २८ वर्षीय रामहरि चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
भित्री सडक खण्डमा तोप्सेबाट लामागेका लागि छुटेको ग १ त ४९८७ नम्बरको ट्र्याक्टर बाटोमा पल्टिएको प्रहरीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्