जनता टाइम्स

५ मंसिर २०८०, मंगलवार १४:३३

नक्कली नोटसहित दुईजना महिला पक्राउ


काठमाडौं, ५ मंसिर । नक्कली नेपाली रूपैयाँसहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपाल्चोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् ।

सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई गएराति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कुमारीलाई बुढानिलकण्ठ नगरपालिका–१२ कपन निलो माईक्रो पार्क नजिकबाट हिजो साँझ पक्राउ गरेको हो ।