काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि सवारी साधन लिएर ननिस्कन चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै प्रहरीले अत्यावश्यक काममा मात्र भोली सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भोलि विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यकाभर सवारी आवगमनमा असहजता हुन सक्ने कार्यालयले जनाएको छ ।
आन्दोलनका कारण सडकमा असहज हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ । ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्