धनगढी, ६ मंसिर । कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२/३३ वर्षीया महिलाको शव फेला परेका हो । वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी झाडीमा जानेक्रममा शव देखेका हुन् ।
महिलाको शरीरको तल्लो भागमा किरा परेका छन् । घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ । घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्