गाजा, ९ मंसिर । हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दी रिहा भएका छन् । उनीहरुमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधको आरोप छ । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।
२४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको थियो । रिहा भएका महिलामध्ये एक हुन् मराह बेकीर । उहाँ गएराति जेरुसेलमको बेट हानिनामा रहेको आफ्नी आमाको घर पुग्नुभएको थियो ।
उहाँ २०१५ मा पक्राउ पर्नुभएको थियो, जब उहाँ १६ वर्षको हुनुहुन्थ्यो, र सीमा प्रहरी अधिकारीमाथि चक्कु प्रहार गरेको आरोपमा साढे आठ वर्षको जेल सजाय सुनाइएको थियो । बेकीरले पर्खिरहेका पत्रकारहरूलाई भन्नुभयो,‘यो सम्झौता धेरै मानिसहरूको मृत्यु पछि आएको हो र यसले हामीलाई दुखी र असहज बनाउँछ ।’ ‘सम्झौताको समाचार एक आश्चर्य थियो,’ उहाँले थप्नुभयो ।
प्रतिक्रिया दिनुहोस्