जनता टाइम्स

१७ मंसिर २०८०, आईतवार १२:४८

अछाममा घन्कियो नारा : केपी बा हाइहाई, अरु सवै बाइबाई (भिडियोसहित)


अछाम, मंसिर १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अछामबाट बिदाई हुने क्रममा हाइहाइको नारा घन्किएको छ ।

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सुदुरपश्चिमको बैतडी, डडेलधुरा, डोटी हुँदै अछाम पार गरेर कर्णाली प्रदेश आउने क्रममा अछामा केपी बा हाइहाइको नारा लागेको हो ।

अछामको पञ्चदेवल माविका बिद्यार्थीहरुले केपी ओली सो बिद्यालयमा आइपुग्दा यस्तो नारा लगाएका हुन । उनीहरुले स्वागतको क्रममा ‘केपी बा, हाइहाई, अरु सवै बाइबाई भन्ने नारा घन्काएका हुन ।

एमाले अध्यक्ष ओली नेतृत्वको टोली आज सुदुरपश्चिमको यात्रा सकाएर अछामबाट कर्णालीको दैलेख जिल्लामा पर्ने सीमा क्षेत्र राकमतर्फ प्रस्थान गरेको छ ।

सुन्नोस भिडियो