काठमाडौं, २४ मंसिर । आज १० डिसेम्बर अर्थात विश्व मानवअधिकार दिवस । दोश्रो विश्वयुद्धपछि विश्वमा शान्ति, सहष्णुता, भाइचारा कायम राख्न स्थापित संयुक्रा राष्ट्र संघले १० डिसेम्बर १९४८ मा मिानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी गर्यो ।
सोही दिनदेखि डिसेम्बर १०लाई विश्वले मानवअधिकार दिवसकोरुपमा मनाउदै आएको छ । नेपालको सन्दर्भमा पनि संयुक्त राष्ट्र संघले समय–समयमा जारी गरेको विभिन्न महासन्धि, सन्धि र प्राटोकलहरूमा हस्ताक्षर गरेर पक्षराष्ट्र बनेको छ ।
नेपाल विश्वलाई मानवअधिकार मैत्री भएको देखाउन हतार गर्ने तर, कार्यान्वयमा उदासिन हुने राष्ट्रमा पर्छ । अझ अहिलेको अवस्था त झन भयावह छ । लासको भर्याङ चढेर लासमाथिनै कुर्सी ठड्याएर त्यसमाथि बसेर मुस्कुराईरहेका छन् मुलुकका कार्यकारी प्रमुख । आफू प्रधानमन्त्रीको कुर्सीमा आसिन हुनासाथ उहाँले स–गर्व हिंसालाई पो्रत्साहन गर्दै कथित ‘जनयुद्ध’ दिवसको घोषणा गर्नुभयो । मनवअधिकारको धज्जी उडाउदैं हिंसाको सुरुवात भएको खसियाली साट्न सार्वजनिक बिदा दिनुभयो ।
आज उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले नै मानवअधिकारको विषयमा लामो सन्देश प्रचार–प्रसार गराउनु भएको छ । भन्नुभएको छ ‘नेपाल पक्षराष्ट्र बनेका मानवअधिकारका सन्धि सम्झौताप्रति प्रतिवद्ध छौं ।’ कथित जनयुद्धमा ज्यान गुमाएका १७ हजाररको कुरा छाडौं । शान्तिकालमा मारिएका आफ्नै पार्टीका २७ कार्यकर्ताको नरसंहार भएको घटनालाईसमेत प्रधानमन्त्रीको कुर्सीमा साट्नु भएको छ ।
बाँदरमुडेलगायतका अरू घटना संक्रमणकालीन न्यायको क्षेत्राधिकार भनेर पन्छिने गरिए पनि गौर घटना त्यसमा पर्दैन । बिस्तृत शान्ति सम्झौता पछिका मानवअधिकार उल्लंघनका घटना संक्रमणकालीन न्यायको क्षेत्राधिकारका होइनन् । राज्यको नियमित फौजदारी न्याय प्रणलीको क्षेत्राधिकारमा पर्ने यो घटनाको १७ वर्ष वित्दा पनि न दोषी उपर अनुसन्धान न त कसैमाथि अभियोजन नै गरिएको छ ।
किनभने आफ्नै पार्टीका २७ जना अबोध किशारकिशोरी र युवाको लास कोट्याउने, चलाउने गरे भने उनकोे प्रधानमन्त्री प्रचण्डको कुर्सी ढल्छ । केही समयअघि उहाँले ती २७ जनालाई न्याय दिने प्रकृया थाल्छु के भन्न्नु भएको थियो , उहाँको प्रधानमन्त्रीको कुर्सी ढलपल भएर लड्ला जत्तिकै भयो । उहाँ हत्त न पत्त पछि हटेर कुर्सी जोगाउनुभयो । प्रचण्डको सत्ता मोहको यो निकृष्ट र संवेदनहीन एक उदाहरण हो ।
रौतहटमा केही स्थानीयले १७ वर्षअघिको सो घटनाका पीडितले अझै न्याय नपाएको भन्दै आन्दोलन गरे । प्रचण्डले आन्दोलनकारीसंग घटनाको अनुसन्धान गरिने भनेर सम्झौता गर्नुभयोे । तर, केही दिनमै उहाँ पछि हट्न वाध्य हुनुभयो । कारण थियो सत्ता साझेदार जनता समाजवादी पार्टीको धम्की र माओवादी पार्टीभित्रैको दवाव ।
राजनीति गर्नेहरूका लागि त्यसमा पनि खासगरी माओवादीलाई सर्वसाधारण नागरिकको जिउज्यान कुनै किरा, फट्याङ्ग्राभन्दा बढी मूल्यवान लाग्दैन भन्ने यो पछिल्लो दृष्टान्त हो । जसपाले सरकार छाड्दा प्रधानमन्त्री पद जाने, गए जाओस भनेर अघि बढौं आफ्नै पार्टीका केही होनहारलेसमेत पार्टी छाड्ने । त्यसैले उहाँ २७ जनाको नृशंस मृत्यु र १ सय १५ जना सख्त घाइते भएको सो घटना नकोट्याउने निष्कर्षमा पुग्नुभयोे ।
घटना हो ७ चैत २०६३ को । माओवादी खुला राजनीतिमा आएको मात्र पाँच महिना बितेको थियो । उनीहरूमा त्यतिबेलासम्म कथित जनयुद्धको धङधङी बाँकीनै थियो । कथित युद्धकालमा जसरी मानिसहरू उनीहरूसंग डराउँछन् भिडिहाल्ने आँट गर्दैनन् भन्नेमा थिए । तर, खुला राजनीतिमा आएपछि धाकधम्की चल्दैन भन्ने बुझ्न समय लाग्यो । गौर घटनाले माओवादीलाई गतिलो पाठ पढायो । यद्यपी तत्कालीन मधेसी जनअधिकार फोरम हाल (जसपा) को त्यो योजनाबद्ध क्रुर तथा नृशंस नरसंहारको जति निन्दा गरे पनि कम हुन्छ ।
के भएको थियोे ?
रौतहट जिल्लाको सदुमुकाम गौरको राइस मिल चौरमा चैत ७ गते आमसभा गर्ने भनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमले प्रचार–प्रसार गरेको थियो । पछि चैत ५ गते तत्कालीन माओवादीको भातृ संगठन मधेसी मुक्ति मोर्चाले चैत ७ मै उही गौरको राएस मिल चौरमा आमसभा गर्ने निर्णय ग¥यो ।
सम्भावित दुर्घटनाको पूर्व आँकलन गर्दै गोर उद्योग वाणिज्य संघले सर्वदलीय भेला बोलायो भेलामा माओवादी वा मधेसी मुक्ति मोर्चाको उपस्थिति भएन । दुवैपक्षले राइस मिल चौरको एक÷एक कुनामा मञ्च बनाए । माओवादीको जुलुसले नगर परिक्रमा गर्दैगर्दा मधेसी जनअधिकार फोरमको आमसभा सुरु भइसकेको थियो ।
एक्कासी फोरमका कार्यकर्ता माओवादीको मञ्च तोडफोड गर्न पुगे । मञ्च सुरक्षार्थ खटिएको माओवादी कार्यकर्ताले गोली चलाए । दुवैपक्षबीच हानाहान सुरु भयो । भागाभाग भयो । माओवादीले गौरको भूगोल बारे जानकारी नभएका युवाहरू गाडीमा ल्याएकाले उनीहरूको भागदौड हुँदा योजनाबद्ध ढंगले गौडा÷गौडामा ढुकेर बसेका फोरमका अपराधिक जत्थाले लखेटी लखेटी हत्या गरे । मृतक युवतीको स्तन काटिएको, गुप्ताङ्गमा घाउ भएको शरीर छियाछिया पारिएको देखिएकाले घटनाको क्रुरता प्रष्ट हुन्छ ।
घटनापछि नेपाल सरकार आफैंले तत्कालीन पुनरावेदन अदालत पाटनका माननीय न्यायाधिश हरिप्रसाद घिमिरेको अध्यक्षतामा ९ चैत २०६३ मा गठन गरेको गौर घटना जाँचबुझ आयोगले ३० असार २०६४ मा नेपाल सरकार समक्ष प्रतिवेदन बुझाउँदै घटना नियोजित, योजनाबद्ध , मनसाययुक्त जघन्य र व्रmुर भएको ठहर गरेको थियो । सो आयोगले बुझाएको प्रतिवेदनमा मुद्दा चलाउनु पर्ने निकायहरू निष्व्रिmय रहेको उल्लेख गर्दै तत्कालीन सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ बमोजिम शीघ्र मुद्दा चलाउन गरेको सिफारिसको समेत हालसम्म कार्यान्वय हुन सकेको छैन । यस्तो अवस्थाले एकातर्फ पीडित तथा मृतक परिवारको न्याय पाउने अधिकार निरन्तर उल्लंघन हुँदै आएको छ भने अर्कोतर्फ सरकारले दण्डहीनतालाई प्रश्रय दिईरहेको देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाई गरेको सिफारिस
1 . घटना भएको १७ वर्ष बित्न लाग्दा समेत मिति २८ वैशाख २०६४ मा दर्ता भएको भनिएको किटानी जाहेरी दरखास्त उपर कुनै कारवाही, अनुुसन्धान, तहकीकात गरी अभियोजन गर्ने कार्य भएको नदेखिँदा अनुसन्धान कार्य अघि नबढाउने जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रमुख÷प्रहरी उपरीक्षक योगेश्वर रोमखामी र मानव अधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी पूरा नगर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ओझा, तत्कालीन प्रहरी उपरीक्षक रामकुमार खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक धर्मानन्द सापकोटा र नायव उपरीक्षक कामाख्या नारायण सिंहलाई सेवामा नै बहाल रहेको अवस्था भएमा विभागीय कारवाही गर्न र सेवा निवृत्त भएको अवस्था भएमा आगामी दिनमा राज्यको तर्फबाट कुनैपनि थप अवसर प्रदान नगर्न ।
(२) गम्भीर आपराधिक घटनाका दोषी भनी जिल्ला प्रहरी कार्यालय रौतहटमा मिति २०६४÷१÷२८ गते दर्ता भएका भनिएका किटानी जाहेरी दरखास्त र नेपाल सरकारबाट गठित गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन, २०६४ मा औंल्याईएका माथि निर्णय नं. ९ मा उल्ल्खिित व्यक्तिहरू उपर तत्काल अनुसन्धान तहकीकात गरी दोषी देखिएका व्यक्तिहरू उपर अभियोग दर्ता गराउने कार्यगरी सो को जानकारी यस आयोगलाई गराउन र प्रत्येक तीन÷तीन महिनामा आयोग समक्ष प्रगति प्रतिवेदन पठाउन ।
(३) मृतकका परिवारहरूले हालसम्म पनि नेपाल सरकारबाट कुनै पनि राहत तथा क्षतिपूर्ति प्राप्त गर्न नसकेको भन्ने बुझिँदा मृतक व्यक्तिका प्रत्येक परिवारलाई राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १६ बमोजिम कम्तीमा जनही रू. ३०००००÷(तीन लाख) को दरले यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराई तीन महिना भित्र आयोगमा जानकारी गराउन ।
(४) दीर्घकालीन रुपमा उपचार गराईरहनु् पर्ने घाइतेहरूको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन र निको भएका तर आफैंले उपचार खर्च व्यहोरेका घाइतेहरूको उपचार खर्चको शोधभर्ना उपलब्ध गराउन । यस्तो जघन्य अपराध हुँदा पनि जिल्ला स्थित राष्ट्रिय अनुसन्धान कार्यालयको भूमिका अति निष्कृय देखिएको हुँदा राष्ट्रिय अनुसन्धान कार्यालयहरूको प्रभावकारीताको मुल्याङ्कन गरी जिम्मेवारी पुरा नगर्ने तत्कालीन कार्यालय प्रमुखलाई जवाफदेही बनाउन ।
(६) यो घटना जिल्ला सुरक्षा समितिको निर्णयपछि पनि तालुक कार्यालयहरूबाट थप सुरक्षाकर्मी नपठाउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बीचको समन्वयमा देखिएको कमीबाट हुन गएको देखिँदा आगामी दिनमा यस्तो कार्य नदोहोरिने सुनिश्चितता गर्नं तत्कालीन प्रमुखहरूलाई स्मरण गराई दुवै निकायका प्रमुखहरूलाई आगामी दिनमा हिंसा नियन्त्रणमा प्रभावकारी रुपमा समन्वय र सहकार्यको सुनिश्चिता गर्न र जिल्ला सुरक्षा समितिलाई थप प्रभावकारी बनाउन ।
(७) लैंगिक तथा यौनिक हिंसा विरुद्ध नेपाल सरकारले अवलम्बन गरेको शुन्य सहिष्णुता ९श्भचय त्यभिचबलअभ० अनुकुल यस घटनामा महिला माथि चरम हिंसा गर्ने व्यक्ति वा समूहलाई जिम्मेवार बनाई प्रचलित कानून बमोजिम कडा कारवाही गर्न ।
(८) प्रचलित कानून बमोजिम अनिवार्य रुपमा गोप्य राखिनु पर्ने विषयहरूलाई गोप्य राखी गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न ।
(९) यस घटनाका पीडित तथा साक्षीहरूको सुरक्षा र संरक्षणको सुनिश्चितता गर्न ।
(१०) यस घटनाका मृतक र घाइतेहरूको स्मरण र सम्मानका लागि घटना स्थलमा स्मरणयुक्त स्मारक वा प्रतीक चिन्ह स्थापना गर्न ।
(क) घटनामा मृत्यु भएका व्यक्तिहरुको विवरण
१ प्रतिमा खातुन भन्ने नुरजँहा खातुन जिगडुवा रौतहट
२ उषा थापा निजगढ–३, बारा
३ चुनु ठाकुर ब्रम्हपुरी, रौतहट
४ छोटु भन्ने राजु पटेल गरुडा–९, रौतहट
५ सरस्वती उप्रेती चन्द्रनिगाहपुर, रौतहट
६ प्रमोद भन्ने रामशरण यादव रौतहट
७ नर्वदेश्वर उपाध्याय शहरमजुवा–६, रौतहट
८ संयोग भन्ने छते वाइवा पदमपोखरी–३, मकवानपुर
९ नारायण दाहाल पदमपोखरी–१, मकवानपुर
१० आदेश भन्ने राजन पोखरेल हेटौडा–७, मकवानपुर
११ रोहन भन्ने रोहीन पाख्रीन रातामाटे–२, मकवानपुर
१२ परिवर्तन भन्ने रत्न बोगटी बाजुरा
१३ अर्जुन भन्ने विविन्द्र मगराती पृथ्वीनारायण नपा ८, गोरखा
१४ संयोग भन्ने जितेन्द्र थापामगर हापुरे–१, दाङ
१५ कुमार भन्ने कुमार तौलाङ्गे सितलपाटी–८, सिन्धुली
१६ रमाकान्त जयसवाल भन्ने रमाकान्त चौधरी पौठीयाइ, रौतहट
१७ राकेश भन्ने उज्जवल दाहाल पदमपोखरी–१,मकवानपुर
१८ सन्देश भन्ने दिपक पाण्डे जुडिवेला, रौतहट
१९ प्रभा भन्ने उर्मिला लो वर्षामादी–१, मकवानपुर
२० मुनाल वि.क. छतिवन–१, मकवानपुर
२१ आदेश भन्ने पूर्ण जोशी निर्मलवस्ती–६, पर्सा
२२ श्याम भन्ने हस्तबहादुर श्रेष्ठ सिमरा–३, बारा
२३ पलपल भन्ने रामकाजी कार्की निजगढ–८, बारा
२४ धमेन्द्र भन्ने महेन्द्र साह टेडाकटी–६, बारा
२५ रामविश्वास राय यादव ठेगाना नखु्लेको
२६ प्रतिमा भन्ने रेखा परियार जुडिवेला–९, रौतहट
२७ गोविन्द अधिकारी ठेगाना नखु्लेको
श्रोत ः राष्ट्रिय मानवअधिकार आयोग
जाहेरी दरखास्तमा नाम उल्लेख भएका व्यक्तिहरू
1. अजय गुप्ता, गौर नपा वडा नं. ९, रौतहट
2. गौरी शंकर यादव, गौर नपा वडा नं. ९, रौतहट
3. बाबुलाल साह कानू, गौर नपा वडा नं. २, रौतहट
4. ललन सिंह, गौर नपा वडा नं. १३ ,रौतहट
5 . चन्द्रिका सिंह, सरुअठा ४, रौतहट
6. बलराम सिंह कुँवर, ब्रम्हपुरी, रौतहट
7. उपेन्द्र यादव, बसनाहा गाविस, सप्तरी
8. राजेन्द्र यादव, ठेगाना नखुलेको
9. संजीव यादव, टेंग्राहा १, रौतहट
10. रामकलेवर सिंह, गौर नपा ५, रौतहट
11. जगत्राथ केसरी, गौर नपा वडा नं. ९, रौतहट
12. संजीव यादव, मुडवलवा २, रौतहट
13. शम्भु सिंह, गंगापिप्रा २, रौतहट
14 . रामप्रवेश सिंह, गंगापिप्रा २, रौतहट
15. रुपनारायण चौधरी, हथियाही ७, रौतहट
16. चुल्हाइ साह, वसतपुर १, रौतहट
17 . देवानन् भन्ने देवनाथ झा, वसतपुर ४,रौतहट
18. राम आधार साह, वसतपुर १, रौतहट
19. शिव शंकर सिंह, ब्रम्हपुरी १, रौतहट
20. जगरनाथ ठाकु्र, ब्रम्हपुरी ५, रौतहट
21. गणेश राय यादव, शितलपुर वैरगनिया, रौतहट
22. विनोद सिंह, ब्रम्हपुरी १, रौतहट
23, जयनन्द यादव, दक्षिण भिटकैया, बारा
24. नन्द किशोर साह, सरमजुवा २, रौतहट
25 . कपिल देव राय यादव, धरहरी, रौतहट
26 . दामोदार प्रीयदर्शी, सोनरीया ४ रौतहट
27. बबन सिंह, ब्रम्हपुरी १, रौतहट
28 . भुषण सिंह, गौर नपा १३, सिर्सिया, रौतहट
29 . रामप्रसाद लाल, ब्रम्हपुरी २, रौतहट
30. जितेन्द्र सिंह, ब्रम्हपुरी १, रौतहट
31 . रामेश्वर राय यादव, मुडवलवा २, रौतहट
32. प्रेमचन्द्र झा, रौतहट
33. राम अयोध्या महतो चनउ, गौर नपा ६, रौतहट
34. अवधेश चनउ, गौर ६, रौतहट
35. राम निवास सिंह, हजमिनिया ८, रौतहट
36 . उमेश तिवारी, हजमिनिया ८, रौतहट
37. अशोक सिंह, हजमिनिया १, रौतहट
38. भाग्य नारायण साह, बसतपुर, रौतहट
39 . शंकर सिंह, बसतपुर ८, रौतहट
40 . मुन्ना सिंह, हजमिनिया १, रौतहट
41. मंगल राउत बरई, बरियारपुर ५, रौतहट
42. शेख दाउद, कनकपुर, रौतहट
43. शंकर यादव, माइधिया मानपुर, रौतहट
44. अरुण सिंह, गौर १३, रौतहट
45. मुकुट सिंह, हजमिनिया १, रौतहट
46 . विश्वनाथ पट्टेल, जेठरहिया ८, रौतहट
47 . वीरेन्द्र राउत, जेठरहिया ९, रौतहट
48. जयचन्द्र यादव, टेंग्राहा ४, रौतहट
49. दिन्ना यादव, टेंग्राहा २, रौतहट
50. सहन राय यादव, टेंग्राहा १, रौतहट
51. हरिन्द्र यादव, जयनगर ९, रौतहट
52. वैद्यनाथ साह, मठिया ७, रौतहट
53. ललि साह तेली, औरही १, रौतहट
54. शंकर साह बनिया, औरही १, रौतहट
55 . वीरेन्द्र पाण्डे, गंगापिप्रा, रौतहट
56. जोद्धा साह, गौर नपा, रौतहट
57. शंकर राय यादव, लक्ष्मीपुर, रौतहट
58 . वेराहीम अन्सारी, जयनगर, रौतहट
59. श्री नारायण झा, बसतपुर, रौतहट
60. रामबाबु प्रसाद यादव, कचारवा १, बारा
61. जियालाल प्रसाद यादव, इनर्वामाल कोइलीडीह, बारा
61. शिउनाथ पट्टेल, मझौलिया, भिटकैया, बारा
62 . मदन साह, गौर नपा १२, रौतहट
63. अरविन्द सिंह, हजमिनिया १, रौतहट
64. पवन सिंह, हजमिनिया ८, रौतहट
65. भुपेन्द्र महतो, भसेढवा, रौतहट
गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ बाट दोषी भनी नाम उल्लेख भएका थप व्यक्तिहरू
66. राम सोगारत यादव, गौर ४, रौतहट
67. पंकज भारती, गौर ४, रौतहट
68. नरेश भारती, गौर ४, रौतहट
69. दीपेन्द्र भारती, गौर ४, रौतहट
70 . देवी यादव, गौर ५, रौतहट
71 . लालकिशोर राउत, गौर ९, रौतहट
72 . रामदास साह, वसतपुर १, रौतहट
73 . रामेश्वर साह, वसतपुर १,रौतहट
74 . रामजी दास, वसतपुर १,रौतहट
75. रजनिस झा, वसतपुर १,रौतहट
76. हरिकिशोर यादव, गौर मालपोतमा लेखापढी गर्ने
77 . लालकिशोर राउत, गौर ९, रौतहट
78 . गंगा सिंह, गौर ९, रौतहट
79. हिन्दु राय यादव, महमदपुर, रौतहट
80. नवल यादव, महमदपुर रौतहट
81 . ब्रज यादव, महमदपुर, रौतहट
82 . संजिव झा, रौतहट
83 . रणविर महतो, रौतहट
84. गगनदेव महतो, रौतहट
85. सोनालाल यादव, रौतहट
86. भुनरेस यादव, रौतहट
87. नरेश साह तेली, रौतहट
88. अर्जुन मल्लिक, गौर, रौतहट
89. जगदिस मल्लिक, गौर रौतहट
90. फेकु, गौर गडवा, रौतहट
91. मुल्तीक, गडवा, रौतहट
92. भद्दा ठाकु्र हजाम, ब्रम्हपुरी, रौतहट
93 . रामशंकर श्रीवास्तव, ब्रम्हपुरी, रौतहट
94. तेजा बैठा, हजमिनिया पतही, रौतहट
95. अमर बैठा, हजमिनिया, पतही, रौतहट
96. विनोद चमार, हजमिनिया, पतही रौतहट
97 मदन सिंह, वसतपुर, रौतहट
98. शिव पासवान, गौर–११, रौतहट
99. मसेज खाँ, गौर–१० सिसवा, रौतहट
100. दिपेन्द्र साह तेली, गौर–१० सिसवा रौतहट
102. छोटन सिंह, गंगापिप्रा, रौतहट
103. गगन सिंह, सिर्सिया रौतहट
104. अनिल सिंह, रौतहट
105. अमर यादव,इनरवारी–१, रौतहट
106. धनन्जय झा, गौर, रौतहट
107 वीरवासनी सहनी, बसन्तपटी–६, रौतहट
108 . किशोरी राय यादव, इनरवारी १, रौतहट
109 . वलरुवा अन्सारी, जयनगर, रौतहट
110 . रामचन्द्र गिरी, नरकटिया, रौतहट
111. शंभु साह कानु गौर २, रौतहट
112 . अवधेश चनउ, टिकुलिया ६, रौतहट
113. संजय केशरी टिकुलिया ६, रौतहट
114. राजीनन् सिंह गौर, रौतहट
115. रामकुमार शर्मा, महोत्तरी
116. तेजीलाल पटेल इनरवारी ६, रौतहट
117. गगनदेव बैठा, टेंग्राह ७, रौतहट
118. कौशल सिंह, वसतपुर ४, रौतहट
119 . रामनिवास सिंह, हजमिनिया, रौतहट
120. रामअवतार साह तेली, वसतपुर, रौतहट
121. राजेश गुप्ता, ठेगाना नखुलेको
122. हरि सिंह, ठेगाना नखुलेको
123. शंकर मुखिया, ठेगाना नखुलेको
124. राजेन्द्र पटेल, ठेगाना नखुलेको
125. रामप्रवेश पटेल, लक्ष्मनीया ५, रौतहट
126 . शेख जमशैद, गौर नपा १०, रौतहट
127. गुडु सिंह, व्रम्हपुरी १, रौतहट
128. विनोद सिंह, व्रम्हपुरी १, रौतहट
129. उमा राय यादव, औरइया ८, रौतहट
130. विक्रम सिंह, गौर नपा १३, रौतहट
श्रोत: राष्ट्रिय मानवअधिकार आयोग
प्रतिक्रिया दिनुहोस्