जनता टाइम्स

२६ मंसिर २०८०, मंगलवार १४:१४

एमालेको कार्यक्रममा अवरोध गर्दा खोटाङ्गको हलेसीबाट गोपाल किराँती पक्राउ


खोताङ, मंसिर २६ । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अबरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । किरॉतीलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो ।

केहीबेर अघि किरातीलाई प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिनुभयो। खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरु राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ।

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले पनि नेता किराती पक्राउ परेको पुष्टि गर्नुभयो । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ।

  • अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टिम उदयपुर प्रवेश गर्नेछ ।