काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको व्यवहारप्रति रुष्ट हुँदै आफूलाई इरिटेसन भएको अभिव्यक्ति दिनुभएको छ । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा मेयर बालेनले आफुले गरेको काममा प्रदेश र संघ सरकारले भाँजो हालेकोमा आक्रोश पोख्नु भएको थियो । पाँच मिनेटदेखि एक घण्टामा हुने काममा पनि सहयोग नरेकोमा प्रधानमन्त्रीसँग उहाँले आक्रोश पोखेर उहाँ मञ्चबाट हिँड्नु भएको थियो ।
आफूमाथि आरोप लगाउने अनि प्रमुख अतिथिले बोलेको सुन्दै नसुनि हिँडेको भन्दै प्रचण्ड निकै झोक्किनुभयो । प्रधानमन्त्रीले यस्तो आक्रोश पोखिँरहँदा मञ्चमा आसिन अन्य अतिथि र सहभागीहरू मज्जाले हाँस्नु भएको थियो । खासमा मेयर बालेनले मञ्चबाट निस्किएको पाँचदेखि एक घण्टामा हुने काम पनि सरकारले नगरेर अल्झाएको आरोप लगाएपछि प्रचण्ड उहाँसँग झोक्किनु भएको हो ।
‘बालेन्द्रजी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँडिहाल्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ । आफूले जे–जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने हुनुहुँदैन । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म’, बालेनसँग झोक्किँदैन प्रचण्डले भन्नुभयो , ‘उहाँले भन्नुभयो, यहाँबाट निस्कने वित्तिकै हुन्छ । बालेन्द्रजी चाहे तपाईंले बागमतीको किनारमा बसेकामथि हस्तक्षेपको कुरा होस् वा तीनकुनेको मुआब्जाको विषय होस्, चाहे काठमाडौँ उपत्यकाभित्र फोहोर व्यवस्थापनका लागि मिलेर काम गर्ने सम्बन्धमा सिंहदरबारमा कति पटक बैठक भयो ? के अहिलेको प्रधानमन्त्रीको जत्तिको सकारात्मक, रचनात्मक रुपले समस्या समाधान गर्न समन्वय गरेको अन्य कोही कतै देख्नुभएको छ ?’
प्रधानमन्त्रीले भने– ‘तपाईँ त्यसलाई ‘रिकजनाइज’ गर्न किन डराउनुहुन्छ ? तपाईँ काठमाडौं महानगरपालिकाको मेयर भएका नाताले काठमाडौँ र ललितपुरका अन्य पालिकाकासँग समन्वय गर्न बढी जिम्मेवारी छ । म तपाईंलाई सहयोग गर्छु भनेर गरेका कुरा रिकजनाइज गर्न केले रोक्यो ? प्रधानमन्त्रीले बोलि गरिराखेको छ भन्न केले रोक्यो ? यतिको प्रधानमन्त्री पाउन अरु पाउन सक्नुहुन्छ ? मैले गरेको कामको रिकजनाइज गर्न तपाईँलाई केले रोक्यो ?’
त्रिविको ४९ औं दीक्षान्त समारोहमा जान अलि हतार देखिनुभएका उहाँले तीनवटै सरकारसँग सहकार्य गर्न आफु तयार भएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्