काठमाडौँ, २ पुस । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सोमबार काठमाडौँको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए ।
उनीहरूले ‘मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्’ लगायतका नारासमेत लगाएका थिए ।













प्रतिक्रिया दिनुहोस्