बारा, पुस ४ । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिकै बस र ट्रक एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ बर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेका अनुसार उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए । घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्