जनता टाइम्स

८ पुष २०८०, आईतवार ०९:२७

युवा संघ विशेष प्रदेशको अध्यक्षमा घिमिरे, यी हुन पदाधिकारी


काठमाडौं, पुस ८ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल विशेष प्रदेशको अध्यक्षमा सुजन घिमिरे निर्वाचित हुनुभएको छ ।

शनिबार राति सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो । घिमिरे यसअघि अधिवेशन आयोजक कमिटीका संयोजक हुनुहुन्थ्यो ।

कमिटीको प्रथम अधिवेशनले उपाध्यक्षमा अमित मगर, सचिवमा रोमन काफ्ले सहसचिवमा सनम सिंह ठकुरी, सहसचिवमा रवीन्द्र गौतम र कोषाध्यक्षमा मदनप्रकाश कटुवाललाई निर्वाचित गरेको छ ।