जनता टाइम्स

११ पुष २०८०, बुधबार १७:५१

सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


काठमाडौं, ११ पुस । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइको किनारा आज पनि लाग्न सकेन । बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।

आज पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानुन व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ । २०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि उनीविरुद्धको मुद्दा फैसलाको चरणमा छ ।