परासी, ११ पुस । पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर घाइते भएका छन् । बर्दघाट नगरपालिका–१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
उद्योगको संरचना निमार्णको काम भइरँहदा क्रेनले ट्रष्टमा ठक्कर दिएको थियो । त्यसपछि ट्रष्ट भत्किँदा १० जना घाइते भएका हुन् ।
घाइते मध्ये ९ जनाको चौपत्ता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भिर घाइतेलाई थप उपचारको लागि युनिर्भसल मेडिकल कलेज रुपन्देही पठाइएको छ । घाइते सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्