बाग्लुङ, पुस ११ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित हुनुभएको छ । सातौं बाग्लुङ महोत्सवमा आज सिइओ शेरचनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रपति पौडेलले सिइओ शेरचनलाई सम्मानपत्र प्रदान गर्नुभयो । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल नेतृत्व गरी बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै सीईओ शेरचनलाई सम्मान गरिएको हो।
बाग्लुङमै जन्मनु भएका शेरचन यतिखेर सक्षम र सबल बैंकरको रुपमा स्थापित हुनुहुन्छ। बैंकिंग क्षेत्रमा शेरचनको २८ वर्षको अनुभव छ। शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको थियो।













प्रतिक्रिया दिनुहोस्