जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार ०८:२५

आजको मौसमः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहने


काठमाडौं, १३ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।