काठमाडौं, १६ पुस । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो ।
अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।
पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ । रिटमा खाना, खाजासँगै अक्सिजनकोसमेत बजेट काटेर जनताको गाससँगै सासमा पनि आर्थिक नाकाबन्दी गरेको उल्लेख गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्