जनता टाइम्स

१९ पुष २०८०, बिहीबार १२:४२

अदालतबाट भागेका थुनुवा पक्राउ


काठमाडौं, १९ पुस । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागेका एक थुनुवा पक्राउ परेका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका विमल खड्कालाई बिहीबार बिहान भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेर जेल चलान भएका उनीविरुद्ध पुन अर्को मुद्दा परेपछि बुधबार अदालतमा लगिएका बेला फरार भएका थिए ।